
सरकारले तत्काल नयाँ राजदूत नियुक्त नगर्ने
काठमाडौं- सरकारले तत्कालका लागि रिक्त राजदूत पदहरूमा नयाँ नियुक्ति नगर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना–सञ्चार मन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गराउने उद्देश्यका लागि बनेको अन्तरिम स्वरूपको भएकाले नयाँ राजदूत नियुक्त नगर्ने नीति लिइएको जानकारी दिए।
उनका अनुसार हालका लागि सम्बन्धित देशका नेपाली दूतावासहरूमा कार्यरत दोस्रो तहका कर्मचारीहरूबाट दूतावासका कामकारबाही सञ्चालन गरिनेछ। उनले परिवर्तित राजनीतिक सन्दर्भ र कार्यमूल्याङ्कनका आधारमा ११ देशका राजदूत फिर्ता गर्नुपर्ने अवस्था आएको पनि स्पष्ट पारे।



कागजपत्र |
