उच्च अदालत पाटनद्वारा राजुनाथ पाण्डेले दायर गरेको रिट खारेज


काठमाडौं-  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिट खारेज गरेको छ।

पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट बुधबार उच्च अदालत पाटनको संयुक्त इजलासले खारेज गरेको हो। इजलासमा न्यायाधीश डालबहादुर खड्का र दीपक खनाल समावेश थिए।

पाण्डे ६ महिनाका लागि निलम्बित गरिएको थियो। उनको निलम्बनको कारण भने मेयर बालेन्द्र (बालेन) शाहको मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा छानबिन गर्नु परेको थियो।

प्रतिक्रिया