बालुवाटारमा जेनजीसहित त्रिपक्षीय वार्ता सुरु


काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच त्रिपक्षीय वार्ता सुरु भएको छ। यो बैठक प्रतिनिधि सभा निर्वाचनको वातावरण तयार पार्न पहिलो पटक आयोजना गरिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, बैठकको उद्देश्य निर्वाचनको माहोल सघन छलफल र संवादमार्फत सुनिश्चित गर्नु रहेको छ। यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो, जसमा सर्वदलीय सहमति अनुसार निर्वाचन निर्धारित समयभित्र सम्पन्न गर्ने विषयमा सकारात्मक सहमति भएको थियो।

 

प्रतिक्रिया