राजधानीको होस्टलमा भेटियो प्रहरीको हत्कडी र लौरो


काठमाडौं — राजधानीको सुविधानगरस्थित एक होस्टलबाट हत्कडी र प्रहरीको लौरोसहितका सामाग्री बरामद भएको छ ।

प्रहरीले आइतबार राजधानीको सुविधानगरमा रहेको सम्पदा ब्वाइज होस्टलको ‘बी’ ब्लक र सोही होस्टलको प्रयागमार्गस्थित ए ब्लकमा गरेको अपरेसनमा ती सामाग्री फेला परेको जनाइएको छ ।

उक्त होस्टलबाट दुई थान हत्कडी, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीको लौरो बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको सरसामान भेटिएपछि होस्टल वार्डेन २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया