
विदेश भागेको भनिएका पूर्व ऊर्जामन्त्री खड्का आफ्नै घरमा देखा परे !
काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सम्पत्ति छानबिन सुरु भएपछि तत्कालीन ऊर्जामन्त्री दीपक खड्का विदेश भागेका छन्’ भन्ने दाबी गरेको भोलिपल्ट नै खड्का बुढानीलकण्ठस्थित आफ्नै घरमा पत्रकारहरुसँग अन्तरक्रिया गरिरहेका देखिएका छन्।
अर्यालले एक अन्तरवार्तामा भनेका थिए, ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। कसैको भागाभागसमेत भएको छ। तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्।’
तर सोमबार बिहान जेन्जी आन्दोलनका क्रममा आगजनी भएको आफ्नै घरको भग्नावशेषबीच खड्का पत्रकारहरुसँग प्रत्यक्ष रुपमा भेटिएका छन्। उनले घटनास्थलमै उभिएर देशको पछिल्लो राजनीतिक अवस्था र भदौ २३–२४ गतेको घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।



कागजपत्र |
