
प्रहरी दिवसमा डीएसपी भण्डारीलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको अवार्ड
काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी यस वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्।
७०औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्यदक्षता प्रदर्शन गर्ने प्रहरीकर्मीहरूलाई सम्मान गर्ने क्रममा भण्डारीलाई ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’को अवार्ड प्रदान गरिएको हो।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले डीएसपी भण्डारीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
सीआईबीमा कार्यरत भण्डारी ‘कोभर्ट अपरेशन’ र जटिल अनुसन्धानमा दक्ष र निपुण अनुसन्धानकर्ता मानिन्छन्। उनले पछिल्ला वर्षहरूमा ठूला आपराधिक घटनाहरूको पर्दाफासमा उल्लेखनीय भूमिका खेलेका छन्।



कागजपत्र |
