
जितका लागि ओमानलाई नेपालले दियो १५२ रनको लक्ष्य
काठमाडौं – नेपालले ओमनलाई जितका लागि १५२ रनको लक्ष्य दिएको छ ।
जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालले १५१ रन बनाउँदै ओमनलाई उक्त लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ बलमा ६८ रन बनाए ।
आसिफ शेख २४, कप्तान रोहित पौडेल १, दीपेन्द्रसिंह ऐरी २, कुशल मल्ल ७, आदिल आलम १६, नन्दन यादव ९ र गुल्सन झा १८ रनमा आउट भए ।
सोमपाल कामी १ रनमा अविजित रहे ।
बलिङमा नदिम खानले सर्वाधिक ४ विकेट लिए ।
नेपाल र ओमन दुवै विश्वकप २०२६ का लागि छनाेट भइसकेका छन् ।



कागजपत्र |
