विपिनको शव सैनिक अस्पतालमा, डिएनए परिक्षण गरि इजरायल सरकारले नेपाल पठाइदिने


काठमाडौं — हमासबाट मारिएका कञ्चनपुरका विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले इजरायली सेनालाई जिम्मा लगाएको छ ।

उनको शव सैनिक अस्पतालमा डिएनए परिक्षण गरेर नेपाल पठाइने जनाइएको छ ।

राजदूत धनप्रसाद पण्डितका अनुसार विपिन भनेर बुझाइएको शवको डिएनए परिक्षण गरेपछि मात्र उनको शव भनेर पुष्टी हुने जनाउँदै त्यसपछि नेपाल पठाउने प्रक्रिया सुरु हुने जनाए ।

उनका अनुसार इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान छ ।

प्रतिक्रिया