टीओबी सदस्य तेन्जिङ दावामाथि अभद्र व्यवहार कसुरमा अनुसन्धान सुरू


काठमाडौं-  प्रहरीले टीओबी (द ओरिजिनल ब्रदर्स)  लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको व्यक्तिमाथि अभद्र व्यवहार अन्तर्गत अनुसन्धान थालेको छ। पक्राउ पर्ने व्यक्ति तेन्जिङ दावा हुन्, जसलाई आइतबार साँझ काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार दावामाथि सोमबारदेखि औपचारिक रूपमा अभद्र कसुरमा अनुसन्धान सुरु गरिएको छ। केही दिनअघि बिजुलीबजारस्थित पुलमा उनले अर्का एक युवाबाट पेस्तोल लिएर कम्मरमा भिरेको भिडियो सार्वजनिक भएको थियो।

भिडियो सामाजिक सञ्जालमा फैलिएपछि प्रहरी सक्रिय बनेको हो। सोही घटनाबारे सत्यतथ्य पत्ता लगाउन दावालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया