उदयपुरमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु


उदयपुर-  चौदन्डीगढी-७ का ७५ वर्षीया भगवती बञ्जरा सर्पको टोकाइबाट मृत्यु भएकी छन्।

इलाका प्रहरी कार्यालय बेल्टरका प्रहरी निरीक्षक बबिन राईका अनुसार, गत साउन २५ गते बेलुका ५ बजे बञ्जरा आँगनमा फोहोर सफाइ गर्दै गर्दा सर्पले दाहिने हातको औंलामा टोकेको थियो।

उपचारका लागि उनलाई सुरुमा चौदन्डीगढी नगर अस्पताल लगिएको थियो, तर त्यहाँ उपचार सम्भव नभएपछि गाइघाटको भुल्केस्थित आर्मी क्याम्प र पछि जिल्ला अस्पतालमा पठाइयो। अन्ततः चिकित्सकको सिफारिसअनुसार उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लैजाने प्रयास भयो।

तर धरान लैजँदै गर्दा धेरै ढिला भइसकेको थियो र उपचारको क्रममा आइतबार साँझ उनको मृत्यु भएको पुष्टि गरिएको छ।

प्रतिक्रिया