लमजुङमा अरिंगालले टोकेर एकजनाको मृत्यु


लमजुङ – अरिंगालले टोकेर अस्वस्थ भई अस्पतालमा उपचाररत एकजनाको मृत्यु भएको छ ।

आइतबार (असोज २६) साँझ अरिंगालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११, चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताए ।

उनले भने, “बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिंगाललले टोकेर घाइते हुनुभएको थियो । तत्काल उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियो ।” गए राति उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर साहले तिवारीको मृत्यु भएको तथा शव परीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने बताए ।

प्रतिक्रिया