हमासद्वारा कब्जामा रहेका सबै जीवित बन्धक रिहा


काठमाडौं- प्यालेस्टिनी लडाकु समूह हमासले आफ्नो कब्जामा रहेका सबै जीवित बन्धकहरू रिहा गरिएको बताएकाे छ। मृतक बन्धकहरूको शव भने केही समयपछि हस्तान्तरण गरिने बताइएको छ।

सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना, गरी कुल २० जना बन्धक हमासले रेडक्रसलाई सुम्पेको हो। रिहा गरिएका बन्धकहरूलाई रेडक्रसका अधिकारीहरूले लिएर इजरायल पठाइसकेका छन्। इजरायली सेनाले पनि हमासद्वारा रिहा गरिएका बन्धकहरू सुरक्षित रूपमा पुगेको जानकारी दिएको छ।

शान्ति प्रक्रियाका लागि भएको सम्झौता अनुसार अब इजरायलले पनि प्यालेस्टिनी कैदीहरू रिहा गर्नेछ। इजरायलले २५० प्यालेस्टिनी कैदी र गाजामा आफ्नो नियन्त्रणमा रहेका १,७०० भन्दा बढी बन्दीलाई रिहा गर्ने तयारीमा रहेको छ।

प्रतिक्रिया