तीन दिनको अनशनपछि मदन बुढा अस्पतालमा, स्वास्थ्य अवस्था गम्भीर


काठमाडौं- तीन दिनदेखि आमरण अनशनमा बसेका अछामका मदन बुढाको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि सोमबार वीर अस्पताल लगिएको छ।

बुढा शनिबार माइतीघर, काठमाडौंमा आमरण अनशनमा बसेका थिए। उनी तीनबुँदे मागसहित अनशनमा थिए। स्वास्थ्यकर्मीहरूले माइतीघरमा उनको स्वास्थ्य जाँच गर्दा अवस्था गम्भीर भएको देखेर अस्पताल लैजान सिफारिस गरेका थिए। त्यसपछि प्रहरीले उनलाई भ्यानमा राखेर वीर अस्पताल पुर्‍याएको छ।

यस्ता छन् उनका माग :

  • वर्तमान अन्तरिम सरकारमा सुदूरपश्चिम प्रदेशको अनिवार्य प्रतिनिधित्व,
  • ‘जेन–जी’ आन्दोलनका क्रममा सहिद र घाइते परिवारका सदस्यहरूलाई तत्काल रोजगारीको व्यवस्था
  • तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सीडीओमाथि कारबाही।

 

 

प्रतिक्रिया