
नेताहरुको बोल्ने क्रम नसकिएपछि कांग्रेस पदाधिकारी बैठक आज पनि
काठमाडौं – नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरु बोल्ने क्रम नसकिएपछि शनिवार पनि बस्ने भएको छ।
बिहीवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत सहभागी भएपछि नेताहरू बोल्ने क्रम नसकिएकाले फेरि शनिवारका लागि बैठक बोलाइएको हो।
मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी र मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बताए।
उनले आगामी २६ गते बस्ने पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समान धारणा बनाएर जाने भन्दै सोही पेरिफेरीमा छलफल भइरहेको पनि जानकारी दिए।



कागजपत्र |
