१२ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।

बुधबारको तुलनामा आज एक तोला सुन एक हजार २०० ले महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज एक हजार २०० ले बढेर दुई लाख ३९ हजार २०० कायम भएको छ ।

चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ ।

प्रतिक्रिया