कतारविरुद्ध नेपाल विजयी


काठमाडौं – नेपालले दोस्रो वार्म अप खेलमा पनि जित हात पारेको छ।

आईसीसी टी-२० विश्वकप छनोट खेल्न लागेको नेपालले सोमबार कतारलाई १६ रनले पराजित गरेको हो।

कतारविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

१७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेटको क्षतिमा १५४ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५६ रन बनाउँदा कुशल मल्लले ३८ रन बनाएका थिए ।

प्रतिक्रिया