आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय


काठमाडौं – आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव आनन्द काफ्लेले देशभरी भारी बर्षा भइरहेको र दशै मनाउन कर्मचारीदेखि सवै सरोकारवाला व्यक्ति घरमा रोकिएका कारण २ दिन सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको जनाए ।

सार्वजनिक विदा दिने निर्णय भइसकेकाले गृह मन्त्रालयले एकैछिनमा आइतबार र सोमबार गरेर २ दिन सार्वजनिक विदा दिएको सूचना मन्त्रालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको छ ।

May be an image of text

 

प्रतिक्रिया