नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित


काठमाडौं- वेस्ट इन्डिजसँगको तेस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ । मंगलबार राति यूएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।

अन्तिम खेल हारे पनि नेपालले सिरिज २‍-१ ले जितेको छ । यसअघि पहिलो खेलमा नेपाल १९ रन र दोस्रोमा ९० रनले विजयी भएको थियो ।

मंगलबार नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा विनाविकेट पूरा गर्‍यो ।

वेस्ट इन्डिजका लागि अमिर जङ्गु र एकेम वेन जारेल अगस्टे क्रमश: ७४ र ४१ रन जोडे ।

प्रतिक्रिया