
वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालका ३ खेलाडी परिवर्तन, पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौं – वेष्ट इण्डिजविरुद्धको तेस्रो टी-२०आई खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।
नेपालले दोस्रो खेल खेलेका दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र ललित राजवंशीलाई तेस्रो खेलमा विश्राम दिएको छ । उनीहरुको ठाउँमा लोकेश बम, शाहव आलम र आरिफ शेख प्लेइङ-११ मा समावेश छन् ।
तेस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । युएईको शारजाह क्रिकेट रंगशालामा नेपालविरुद्ध वेष्ट इण्डिजका कप्तान अकिल होसेनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यो खेल जित्दै सिरिज क्लिन स्विप गर्ने अवसर नेपाललाई छ । सुरुवाती दुई खेलमा जित निकाल्दै नेपालले सिरिज एक खेलअगावै आफ्नो पक्षमा पारिसकेको छ । नेपालले वेष्ट इण्डिजलाई पहिलो खेल १९ र दोस्रो खेल ९० रनले पराजित गरेको थियो ।
प्लेइङ-११
रोहित कुमार पौडेल (कप्तान), लोकेश बम, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, करण केसी, आदिल आलम, शाहव आलम, गुलशन झा र सोमपाल कामी ।



कागजपत्र |
