सल्यान जीप दुर्घटना अपडेटः मृतक तीनै जनाको सनाखत


काठमाडौं – सल्यानमा जीप दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही जाँदै गरेको लु २ प ६५ ०२ नम्बरको फोर्स जीप कपुरकोट गाउँपालिका–३ को चोरखोलामा दुर्घटनामा परेको थियो।

मृत्यु हुनेमा बाफिकोट–५ का २५ वर्षीय प्रकाश केसी, २७ वर्षका शशीधर केसी र ६८ वर्षीया पबी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुई जना गम्भीर घाइते भएका छन्।

उनीहरुको टाउको र छातीमा चोट लागेको छ। घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको छ। पाँच जना सवार गाडी बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। गाडी सडकदेखि ४ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया