मुग्लिन–नारायणगढ खुल्यो, थप पहिरो नखसे आजदेखि सवारी आवागमन सहज हुने अपेक्षा


चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिक खसेको पहिरो सफा गरिएको छ र अब दुबै तर्फका सवारीसाधन सहजै सञ्चालनमा आउनेछन्।’

विगत केही दिनयता वर्षाका कारण सो सडकखण्डको तुइनखोलासँगै विभिन्न स्थानमा पहिरो खसेको थियो । जसका कारण यात्रुले लामो समयसम्म सास्ती बेहोर्नु परेको थियो।

सडक खुलेसँगै अहिले चितवन, काठमाडौँ र पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ।

बाटो खुले पनि लामोसमयदेखि जाममा रहेका सवारीका कारण जाम भने भएको छ । पहिरोमा रोकिएका सवारीहरू आजबिहानसम्म सबै कटिसक्ने सम्भावना रहेको हुनाले अब थप पहिरो नखसेमा आजदेखि सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया