काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १० जना घाइते


कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका-१ उमरिचोकस्थित पूर्व-पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ ।

काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस उमरिचोकमा दुर्घटनामा परेको हो ।

बसमा सवार ३५ जना यात्रुमध्ये १० घाइते भएका छन् । घाइतेको चन्द्रौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको डीएसपी सिंहले बताए ।

बस अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टेको थियो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया