शिक्षा मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्दै


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन्।

सोमबार सपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। मन्त्रालयले सिंहदरबारभित्र रहेको केशर महलमा कोठा भेटिएको जानकारी दिएको छ।

मन्त्रालयका सहसचिव अनिता निरौलाका अनुसार आज बेलुकाबाट पुन मन्त्रालयमै बस्नने छन्। उनका लागि सुत्ने र खाने व्यवस्था पनि मिलाइएको छ।

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनको समयमा जलाइएका कारण हाल केशर महलबाट सेवा प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया