
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
धादिङ- पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी नै खुलेको छ।
बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । पहिरो पन्छाएर राजमार्ग खुलाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार अनुसार तत्कालका लागि पहिरो पन्छाए पनि जोखिम टरिसकेको छैन। डोजरले पन्छाउँदै जाने पहिरो थपिँदै गर्ने क्रम चलिरहेको प्रहरी प्रहरीले जनाएको छ।
रोकिएका सवारीहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् । यस क्षेत्रमा सवारीको चाप उच्च भएकोले जामको समस्या पनि छ ।



कागजपत्र |
