
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टीपी शर्मा तिमल्सिनाको निधन भएको छ ।
गत असारमा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका तिमल्सिनाको सोमबार राती निधन भएको जनाइएको छ ।
उनी सवार स्कुटर असार १० गते बीपी राजमार्ग सडकखण्डमा नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा६२प ३५७८ नं.को स्कुटरसँग ठोक्किएको थियो ।
दुर्घटनामा पूर्व नगरप्रमुख तिमल्सिनाको टाउकोमा चोट लागेको थियो । तिमल्सिना चढेको स्कुटर उनका छोरा किशोर तिमल्सिनाले चलाएका थिए ।



कागजपत्र |
