
गण्डकी कांग्रेसका प्रदेश सांसदले पुनर्निर्माणमा १० लाख दिने
पोखरा – गण्डकी कांग्रेसका प्रदेश सांसदले पुनर्निर्माणमा १० लाख सहयोग गर्ने भएका छन् । जेनजी आन्दोलनका क्रममा प्रदेशमा भएको भौतिक संरचना पुनर्निर्माणका लागि पुनर्निर्माण कोष स्थापना गर्न प्रदेश सरकारसँग अनुरोध गरेको छ । उक्त कोषमा कांग्रेस गण्डकी प्रदेश संसदीय दलको तर्फबाट १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय समेत दलले गरेको छ ।
कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बिहीबार बसेको बैठकले आन्दोलनका क्रममा प्रदेशभित्र सार्वजनिक तथा निजी भौतिक संरचना र सवारीसाधनमा ठूलो क्षति भएको जनाउँदै दलले उक्त क्षतिको यकिन विवरण तयार गरी पुनर्निर्माणको योजना अघि ल्याउन प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
प्रमुख सचेतक न्यौपानेका अनुसार पुनर्निर्माण कोष स्थापना गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको छ।




कागजपत्र |
