महेश बस्नेतले फैलाए भ्रामक जानकारी, बालेनको भनिएको घर अर्कैको


काठमाडौं – एमाले नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घरमा तोडफोड भएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए।

बस्नेतले  फेसबुकमा लेखेका थिए– “महोत्तरीमा बालेन शाहको घरमा तोडफोड हुनु राजनीतिक स्वार्थका नाममा हिंसा, आगजनी र तोडफोडको खतरनाक निरन्तरता हो। यदि जेन-जी आन्दोलनका पीडितहरूले बदलाको भावना बोके भने यसले समाजलाई अझ विभाजित बनाउनेछ। कानुनी कारबाही र न्यायको बाटो अपनाउनै पर्छ। म हजुरआमा प्रधानमन्त्री सुशीला कार्कीजीसँग यस विषयमा माग गर्दछु।”

सो पोस्ट सामाजिक सञ्जालमा छिट्टै भाइरल भयो र हजारौंले लाइक, सेयर र प्रतिक्रिया दिएका थिए।

तर, तथ्य–जाँचका क्रममा उक्त घर मेयर बालेन शाह नरहेकाे पाइएकाे छ। भिडियोमा देखिएको घर सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेलीको रहेको पुष्टि भएको छ। उक्त घरमा २४ भदौमा जेन–जी आन्दोलनका क्रममा हिंस्रक प्रदर्शन भएको थियो।

 

प्रतिक्रिया