प्राधिकरणमा रहेको मन्त्रीको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन


काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मंगलबार विद्युत् प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा रहेको मन्त्रीको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

मन्त्री घिसिङले सो कक्ष प्राधिकरणको मूल प्रयोजनअनुसार प्रयोगमा ल्याउन पनि निर्देशन दिएका छन्। यो कार्यकक्ष निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा सञ्चालनमा ल्याएका थिए।

मन्त्री घिसिङको यो कदमले प्राधिकरणको स्रोत र संरचना सदुपयोग गर्ने उद्देश्य रहेको बताइएको छ।

प्रतिक्रिया