राष्ट्रपति पौडेलद्वारा दुई संवैधानिक आयोग सदस्यको राजीनामा स्वीकृत


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले दुई संवैधानिक आयोगका सदस्यको राजीनामा स्वीकृत गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुंगेल र मधेशी आयोगका सदस्य विजय कुमार गुप्ताले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार, ढुंगेलको राजीनामा भदौ २९ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ भने गुप्ताको राजीनामा भदौ २० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो।

प्रतिक्रिया