
मन्त्री कुलमान घिसिङको घोषणा- सेवासुविधा लिन्न, सहिद परिवारलाई दिन्छु
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूले कुनै सेवा–सुविधा नलिने घोषणा गरेका छन्। सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले प्राप्त हुने सम्पूर्ण सेवा–सुविधा सहिद परिवारलाई प्रदान गर्ने घोषणा गरेका हुन्।
अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै राष्ट्रपति सामु पद तथा गोपनीयताको शपथ लिएका थिए। पदभार ग्रहणसँगै उनले मन्त्री पदमार्फत पाउने भौतिक सुविधा र विशेषाधिकारलाई त्याग गरेर त्यसलाई सहिद परिवारलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।



कागजपत्र |
