
नवनियुक्त ३ मन्त्रीले लिए सपथग्रहण
काठमाडौं – अन्तरिम सरकारका ३ नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवास प्रांगणमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त मन्त्रीहरु रामेश्वर प्रसाद खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई सपथग्रहण गराएका हुन् ।
उक्त अवसरमा प्रधानमन्त्री सुशीला कार्की, उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायत उच्च पदस्थहरुको उपस्थिति भएको थियो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।



कागजपत्र |
