मन्त्रिपरिषद् विस्तार : कसलाई कुन मन्त्रालय ?


काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम करिब टुङ्गो लागेको छ। अर्थमन्त्रीमा पूर्व अर्थसचिव समेत रहेका डा. रामेश्वर खनाल नियुक्त हुँदै छन् भने उर्जा, भाैतिक पुर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा कानुन मन्त्रीमा ओम प्रकाश अर्यालको नाम पक्का भएको छ।

उनलाई गृहसहित कानुन मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको छ। यस्तै घिसिङले ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालय पाउने भएका छन्।

उनीहरूको सपथ भने भोलिलाई तोकिएको छ।

प्रतिक्रिया