सीआईबीद्वारा ६१ लाख जरिवानासहित ५ दिन कैद सजाय पाएका अभियुक्त पक्राउ


काठमाडौं – केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) महाराजगंजबाट खटिएको प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटार बस्ने खोटाङ रुपाकोट मझुवागढी नगरपालिका-१५ घर भएका ३४ वर्षीय बरुण ढकाललाई आइतबार पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र विगो बमोजिम ६१ लाख ५५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय सिआईबीबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

ढकालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड शाखा कार्यालय कोटेश्वरमा रहेको उनको नामको खाताबाट भुक्तान हुने गरी २ जना पीडितलाई ६१ लाख ५५ हजार रूपैयाँ बराबरको चेक काटी दिएको घटनामा बैंकिङ कसूर जन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया