सशस्त्रको अगुवाईमा आगलागी नियन्त्रण


मोरङ – मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका ६ मलंगवास्थित लक्ष्मी कठायतको गाई फर्ममा चैत्र २२ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।

सो फर्ममा थ्रेसर मेसिन चलाउने क्रममा मेसिनबाट आगोको झिल्का निस्किएर सो आगलागी भएको र उक्त आगलागीबाट करीव १० लाख रुपैयाँ बराबरको धनमाला क्षति भएको बताईएको छ ।

उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।

यसैगरी सोही जिल्लाकै धनपालथान गाउँपालिका ३ बक्कुवा डाँडा बस्ने कन्तलाल मण्डल र राजदेव मण्डलको एक तल्ले कच्ची घरमा चैत्र २३ गते आगलागी हुँदा करीव ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।

उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सोरभागबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।

प्रतिक्रिया