नेप्से ७ अर्बको कारोबार हुँदा यी तीन कम्पनीको सर्वाधिक


काठमाडौं – साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको सुधार भएको छ । आज सेयर बजार परिसुचक १.१३ अंकले बढेको छ । नेप्से परिसुचक भने २ हजार ६५८.७४ बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन व्यापार समूह, होटेल तथा पर्यटन, जलविद्युत, फाइक्रोफाइनान्स समूह बढेका छन् । आज व्पापार समूह १३२.६५ अंक, होटेल तथा पर्यटन ११४.८ अंक, जलविद्युत ४६.४९ र माइक्रोफाइनान्स ३४.०२ अंकले वृद्धि भएको छ ।

बैंकिङ समूह ११.७९ अंक, विकास बैंक १३.४२ अंक, फाइनान्स ०.९५, निर्जीवन बीमा १०६.६१ अंक, जीवन बीमा ३८.९६ अंकले घटेको छ ।सोमबार ७ अर्ब २९ करोड ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमध्ये सबैभन्दा बढी उप्पर ताकाकोशीको ३४ करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारकै आधारमा दोस्रो स्थान आईएमई जनरल इन्स्योरेन्स रहेको छ ।

कम्पनीको ३१ करोड ३४ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरि आज निफ्राको २८ करोड ९४ लाख ६३ हजार र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २५ करोड २५ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया