
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै खुल्ने
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।
मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले लामो बिदा दिने सूचना सार्वजनिक गरेको हो।
विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्ली थापा क्षेत्रीले सूचना सार्वजनिक गर्दै लामो समय बिदा दिइएको जानकारी गराएका हुन्।
यो बीचमा दशैं, तिहार र छठको बिदा परेको छ। सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिएर विश्वविद्यालयले कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन हुने जनाएको हो।



कागजपत्र |
