
यी हुन् ट्रमामा उपचार गराइरहेका ६६ जना (नामसहित)
काठमाडौं — जेनजी आन्दोलनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाएको प्रहरी स्रोतले बताएको छ । नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्याइएकामध्ये १८ को मृत्यु भएको छ ।
सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भइसकेको छ । केही मृतकको ठेगाना खुलेपनि नाम खुलेको छैन । यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
अहिलेसम्म कुल १९ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् । उनीहरूको विवरण आउन सकेको छैन ।
घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ ।
यी हुन् ट्रमामा पुर्याइएका घाइतेहरू



कागजपत्र |


