जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १९ पुग्यो


काठमाडौं- सोमबार जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालले उपलब्ध गराएको विवरण अनुसार मृतकको संख्या १९ पुगेको जनाएको हो।

यस्तै, देशभरका अस्पतालहरूमा हालसम्म ३ सय ४७ जना घाइते उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

मृतकमध्ये काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १ र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको मन्त्रालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया