जेन-जी भोलि माइतीघरमा उत्रिने : गीत–कविता बाचन, नेताहरूको भाषण निषेध


काठमाडाैं-  माइतीघरमा बसेको जेनेरेसन जेड (जेन जेड) युवाहरूको बैठकले भोलि हुने आन्दोलनको तालिका तय गरेको छ।

तयारीअनुसार भोलि बिहान ९ बजे माइतीघरमा भेला भई सहभागीहरू बानेश्वरस्थित एभरेस्ट होटलसम्म मार्चपास गर्नेछन्। आन्दोलनमा कसैले पनि सम्बोधन गर्ने छैनन्। बैठकमा सहभागी एक सदस्यका अनुसार कार्यक्रममा गीत र कविता बाचन गर्ने व्यवस्था हुनेछ, तर त्यसका स्रष्टा अनिवार्य रूपमा २८ वर्षभन्दा कम उमेरका हुनुपर्नेछ।

फेसबुकसहित विभिन्न सामाजिक सञ्जाल निष्क्रिय पारिएको विरोधमा जेन जेड युवाहरूले आन्दोलनको घोषणा गरेका हुन्।

उनहरूले बिनासर्त सामाजिक सञ्जाल पुनः सक्रिय गरिनुपर्ने, पुराना नेताहरूले प्रधानमन्त्री बन्ने आकांक्षा त्याग्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रूपमा आयुक्त नियुक्त हुनुपर्ने लगायतका माग अघि सारेका छन्।

यस आन्दोलनलाई विभिन्न राजनीतिक दलका नेता र सेलिब्रिटीहरूले समेत ऐक्यवद्धता जनाइरहेका छन्।

प्रतिक्रिया