सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकारको विरोध प्रदर्शन


काठमाडाैं- सामाजिक सञ्जाल बन्दविरुद्ध आइतबार  पत्रकारहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी र सदस्यको आह्वानमा भएको प्रदर्शनमा सञ्चारकर्मीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे।

प्रदर्शनमा सहभागीहरूले ‘नो ब्यान’, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’, ‘जनताको आवाज बन्द गर्न पाइँदैन’, ‘लोकतन्त्र ह्याक हुँदै छ, निरंकुशता ब्याक हुँदै छ’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै सरकारको कदमविरुद्ध विरोध प्रकट गरे।

पत्रकार महासंघका पूर्वपदाधिकारी र सदस्यहरूले शनिबार (भदौ २१) संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात भएको बताएको थिए।

प्रतिक्रिया