नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल आज


काठमाडौं – नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल शनिबार हुँदैछ। खेल दशरथ रंगशालामा साँझ ५:३० बजे शुरु हुनेछ।

फिफा विण्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ।

नेपालको सिनियर टोलीले करिब दुई वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो। दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ। दुई खेलपछि परिणामको आधारमा विजेता घोषणा गरिनेछ।

दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइनेछ। विजेताले ट्रफी र पदक प्राप्त गर्ने एन्फाले जनाएको छ।

प्रतिक्रिया