सिराहामा आमा छोरा मृत फेला, अर्का छोरा गम्भीर


सिरहा – सिरहाको लहान नगरपालिका १ मटियर्वामा आमा छोरा मृत अवस्थामा फेला परेका छन्।

लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा घर भाडा लिएर बस्दै आएका प्रवीण चौधरीको २३ वर्षीय श्रीमती रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोज चौधरी मंगलबार घरभित्रै मृत भेटिएका हुन् ।

सँगै रहेका अर्का ९ महिनाको छोरा भने गम्भीर अवस्थामा फेला परेका छन्। उनको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।

रञ्जिताले दुवै छोरालाई विष खुवाएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी कैलाश राईले जानकारी दिए।

उनले भने, ‘शवको प्रकृति हेर्दा रञ्जिताले दुवै छोराहरूलाई विष सेवन गराएर आफूले पनि आत्महत्या गरेको जस्तो देखिन्छ। बाँकी पोस्टमार्टम र अनुसन्धानबाट खुल्दै जाने छ।’

घरमा चहलपहल नदेखेपछि स्थानीयले खुला रहेको झ्यालबाट भित्र हेर्दा रञ्जिता झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

श्रीमान् प्रवीण चौधरी भने ३–४ दिन देखि डेरामा नआएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बताएको । उनी अझै सम्पर्कमा आएका छैनन्।

शवबाट गन्ध आउन थालेकाले हिजो नै घटना भएको हुने सक्ने डीएसपी राईले जानकारी दिए।

प्रतिक्रिया