एमाले नेता महरविरूद्ध मुद्दा दर्ता


काठमाडाैं – नेकपा (एमाले) का नेता ऐन महरविरूद्ध मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार महरविरूद्ध साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

अब प्रतिवादी महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ।

महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप छ।

एक जना महिलालाई उनले सामाजिक सञ्जालमा लाइभ आएर चरित्रहत्या गरेको आरोप छ।

 

प्रतिक्रिया