
गोरखा दुर्घटना अपडेटः यी हुन् घाइते २१ जना, कस्काे अवस्था कस्ताे छ ? (नाम र अवस्थासहित)
काठमाडौं – गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन् ।
घाइतेमध्ये १७ जनाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको अन्यत्र रिफर गरिएको छ ।
उक्त अस्पतालका मेडिकल अधिकृत डा अमरेश कुमार मण्डलका अनुसार घाइतेमध्ये अवस्था सामान्य रहेका १७ जनाको उपचार भइरहेको छ ।
खुट्टा फ्याक्चर भएका, टाउकोमा चोट लागेकासहितका गम्भीर घाइतेलाई अरुघाटबाट अन्यत्र रिफर गरिएको उनको भनाइ छ ।
मंगलबार बिहान काठमाडौँबाट आरुघाटका लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको बस भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
