प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच ‘वान टु वान’ वार्ता


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच सोमबार भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे छलफल भएको छ ।

पुटिन र ओलीबीच २५ मिनेट वान टु वान वार्ता भएको पनि जनाइएको छ ।

उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया