आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ५ हजार ३ सयमा कारोबार


काठमाडौं – प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ ।

केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी दुवै दिन सुनको मूल्यले नयाँ उचाइ लिएको थियो ।

आज सोमबार फेरि २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बन्यो । आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया