कोरोना सङ्क्रमण बढ्न थालेपछि स्थानीय प्रशासनद्वारा भक्तपुर बिस्केट जात्रामा रोक


काठमाडौँ – कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाएको छ ।

स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला कोरोना सङ्क्रमण बढ्न थालेको भन्दै स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो ।

प्यागोडा शैलीको तीनतले अग्लो भैरवको रथलाई सयौँ व्यक्तिहरूले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो । बिस्केट जात्रामा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौँ व्यक्तिहरूको सहभागिता रहने गर्दछ ।

गत वर्ष पनि कोरोना सङ्क्रमणको कारण स्थानीय प्रशासनले बिस्केट जात्रामा रोक लगाएको थियो । आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ ।

प्रतिक्रिया