
महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छः बालेन्द्र साह
काठमाडौं- काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित ३३ औं महानगर प्रहरी दिवसको विशेष कार्यक्रममा बोल्दै मेयर शाहले आफू सानो हुँदा हलिउडका फिल्ममा देखिने सिटी प्रहरीको शैली अहिले काठमाडौँ महानगर प्रहरीले देखाइरहेको बताए । उनले फिल्ममा मात्र देखिने जस्तो काम वास्तविकतामा देखिनु गर्वको विषय भएको उल्लेख गरे ।
उनका अनुसार काठमाडौँ महानगरपालिकाको काम गर्ने शैली सिक्न धेरै स्थानीय तहहरू उत्सुक देखिएका छन् । त्यसमा महानगर प्रहरीको योगदान उल्लेखनीय रहेको उनको भनाइ छ ।
मेयर शाहले सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउने, महानगरभित्र सुशासन र सुव्यवस्था कायम गर्ने लगायतका क्षेत्रमा महानगर प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरेको प्रशंसा गरे ।



कागजपत्र |
