
नुवाकोटमा अरिंगालले चिल्दा वृद्धाको मृत्यु
नुवाकोट- नुवाकोटको हिरामणीटारकी वृद्धाको अरिंगालले चिलेर मृत्यु भएको छ। सूर्यगढी गाउँपालिका-५ हिरामणीटारकी ७४ वर्षीया पिपकुमारी भट्टराईको घाँस काट्ने क्रममा अरिंगालले चिलेर मृत्यु भएको छिमेकी तथा आफन्त नवराज भट्टराईले बताए।
उनका अनुसार अरिंगालले चिलेका कारण उपचारका लागि काठमाडौंको विपी स्मृति अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका हुन्।



कागजपत्र |
