
आर्यघाट नजिकैको सत्तलमा एक महिला मृत फेला
काठमाडौं — काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् ।
पशुपति आर्यघाट नजिकैको सत्तलमा बिहीबार बिहान अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् ।
मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान सुरू गरिसकेको छ ।



कागजपत्र |
